प्रदेश लोक सेवा आयोगले गर्‍यो विभिन्न तहमा बढुवाका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-04-27
  • 23:05:38
  • सोमबार,बैशाख १४, २०८३
  • प्रदेश लोक सेवा आयोगले गर्‍यो विभिन्न तहमा बढुवाका लागि दरखास्त आह्वान

    प्रदेश लोक सेवा आयोगले गर्‍यो विभिन्न तहमा बढुवाका लागि दरखास्त आह्वान

    काठमाडौँ–  निजामती सेवाअन्तर्गत विभिन्न तहका पदमा बढुवाका लागि दरखास्त आह्वान गरिएको छ।

    आज (बिहीवार) मधेस प्रदेश लोक सेवा आयोगले एक सूचना जारी गर्दै निजामती सेवाका अधिकृत सातौँ तह (प्राविधिक तथा अप्राविधिक) पदमा थप बढुवाका लागि दरखास्त माग गरेको हो।

    प्रदेश निजामती सेवा ऐन, २०७७ बमोजिम योग्य उम्मेदवारहरूले प्रदेश लोक सेवा आयोगबाट तोकिएको ढाँचाको दरखास्त फाराम भरी आवेदन दिन सक्ने आयोगले जनाएको छ। यसैगरी, आयोगले सहायक पाँचौँ तह (प्राविधिक तथा अप्राविधिक) पदमा बढुवाका लागि पनि दरखास्त आह्वान गरेको छ। सो पदका लागि इच्छुक तथा योग्य उम्मेदवारहरूले माघ १४ गतेसम्म सामान्य दस्तुर र माघ २१ गतेसम्म दोब्बर दस्तुरसहित दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।

    त्यसै गरी, मधेस प्रदेश लोक सेवा आयोगले सहायक चौथो तह (अप्राविधिक) पदका लागि समेत विज्ञापन खुलाएको छ। आयोगले बिहीबार नै सूचना जारी गर्दै उक्त पदमा बढुवाका लागि आवेदन आह्वान गरेको हो।