दुई जिल्लाका प्रजिअ फेरिए, कसलाई कहाँ खटाइयो ? - Chaitanya News
  • 2026-04-28
  • 00:14:34
  • सोमबार,बैशाख १४, २०८३
  • दुई जिल्लाका प्रजिअ फेरिए, कसलाई कहाँ खटाइयो ?

    दुई जिल्लाका प्रजिअ फेरिए, कसलाई कहाँ खटाइयो ?

    काठमाडौँ– दुई प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । हिजो (मंगलबार) गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रमुख जिल्ला अधिकारीमा उपसचिव कृष्णप्रसाद आचार्य र नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा शम्भु प्रसाद रेग्मीलाई खटाउने निर्णय गरेको हो।

    यस्तै , नुवाकोटमा प्रमुख जिल्ला अधिकारीको पद रिक्त रहेको थियो भने बागलुङमा जनकराज पन्त कार्यरत थिए। सहसचिवको दरबन्दीमा सहसचिवलाई नै पठाउने भनिएसँगै बढुवा सिफारिस भइसकेका रेग्मीलाई नुवाकोट र आचार्यलाई बागलुङमा खटाइएको हो।

    आचार्य र रेग्मी दुवै सहसचिवमा बढुवा सिफारिस भइसकेका कर्मचारी हुन्। ३५ दिने अवधि पूरा नहुँदा उनीहरूले हालसम्म औपचारिक रूपमा नियुक्ति लिन बाँकी रहेको छ।