एमाले बैठकमा ८ एजेण्डा पेश - Chaitanya News
  • 2026-05-06
  • 18:22:54
  • बुधबार,बैशाख २३, २०८३
  • काठमाडौँ– आज (मंगलबार) नेकपा एमालेको सचिवालय बैठक च्यास्ुलमा जारी छ। पार्टी कार्यालयमा बसिरहेको बैठकमा ८ एजेण्डामा केन्द्रित छलफल भइरहेको सचिव महेश बस्नेतले बताए।

    उनका अनुसार बैठकमा राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन, घोषणा(पत्र तयारी समिति गठन, निर्वाचन परिचालन समिति गठन, निर्वाचन केन्द्रित भूगोलको कार्यविभाजन, युवा केन्द्रित निर्वाचन परिचालन रणनीति रहेका छन्। यो बैठकपछि एमाले प्रतिनिधिसभाको निर्वाचनमा होमिने देखिएको छ।

    यस्तै, संशोधित विधानअनुसार बागमती प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी, सम्पर्क विशेष संगठन कमिटी गठन गर्ने कार्यसूची पनि छ। पार्टी नियमावलीमा संशोधन र नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन गर्नेबारे पनि छलफल भइरहेको उनले बताए।

    राष्ट्रियसभा निर्वाचनमा काँग्रेस र नेकपासँग चुनावी तालमेल गर्नेबारे एमाले छलफलमा छ। त्यसबारे आजको बैठकले निर्णय लिन सक्ने जनाइएको छ।