आजको मौसम: देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-16
  • 03:19:29
  • बुधबार,आषाढ ३१, २०८३
  • आजको मौसम: देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम: देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार, हाल देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ।

    यस्तै, आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ भने, कोशी प्रदेश, गण्डकी ,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

    यसैगरी, कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

    आज राति तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।