राष्ट्रियसभामा तालमेल गर्न कांग्रेसले माग्यो अन्य दलहरूसँग ८ सिट - Chaitanya News
  • 2026-05-06
  • 18:22:41
  • बुधबार,बैशाख २३, २०८३
  • राष्ट्रियसभामा तालमेल गर्न कांग्रेसले माग्यो अन्य दलहरूसँग ८ सिट

    राष्ट्रियसभामा तालमेल गर्न कांग्रेसले माग्यो अन्य दलहरूसँग ८ सिट

    काठमाडौँ– माघ ११ गते हुने राष्ट्रियसभामा तालमेलका लागि नेपाली कांग्रेसले अन्य दलहरूसँग ८ सिट मागेको छ। १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ८ सिट मागेको हो।

    तालमेल गर्ने विषयमा अन्य दलसँग भएका छलफलबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा ब्रिफिङ गरेका छन्।

    खड्काले निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे ब्रिफिङ गरेका कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले जानकारी दिइन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले कांग्रेसले तालमेल गर्न आफ्नो तर्फबाट ८ सिटको दाबी प्रस्तुत गरेको जानकारी कार्यवाहक सभापति खड्काले बैठकमा गराएको जानकारी दिइन्।

    कार्यवाहक सभापति खड्काले बैठकमा गरेको ब्रिफिङबारे कोइरालाले सञ्चारकर्मीहरूसँग भनिन्, ‘राष्ट्रियसभा निर्वाचनमा गठबन्धन हुने निश्चित छ। कार्यवाहक सभापतिज्यूले कांग्रेसले गठबन्धनका तर्फबाट ८ सिट दाबी गरेको ब्रिफिङ बैठकमा गर्नुभएको छ।’

    राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबिच तालमेलका लागि कुराकानी भइरहेको छ। कांग्रेसबाट खड्का र नेताहरूले अन्य दलसँग छलफल गरिरहेका छन्। दलहरूबिच तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति जुटे पनि कुन दलले कति सिट लिने भन्ने विषय टुङ्गिएको छैन।