कृष्णप्रसाद सिटौलाले भने: विशेष महाधिवेशन हुन दिँदैनौं - Chaitanya News
  • 2026-04-28
  • 02:05:50
  • सोमबार,बैशाख १४, २०८३
  • कृष्णप्रसाद सिटौलाले भने: विशेष महाधिवेशन हुन दिँदैनौं

    कृष्णप्रसाद सिटौलाले भने: विशेष महाधिवेशन हुन दिँदैनौं

    काठमाडौं– नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौलाले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको बताएका छन्।

    आज (सोमबार) पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको बताएका हुन्।

    ‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ। प्रतिनिधि सभामा गठबंधन नगर्ने कांग्रेसको बटम लाइन हो,’ उनले भने।

    त्यस्तै उनले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गरे। ‘विशेष महाधिवेशन हुँदैन। हुन दिँदैनौं। कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,’ उनले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला। हामी त्यो हुन दिदैनौं।’

    विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि सिटौलाले आग्रह गरे।

    ‘हस्ताक्षर गर्नेलाई काठमाडौ नआउन आग्रह गर्दछु। चुनावको तयारीमा लाग्न आग्रह गर्दछु’ उनले भने।