देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आजको मौसम - Chaitanya News
  • 2026-05-02
  • 09:25:42
  • शनिबार,बैशाख १९, २०८३
  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आजको मौसम

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आजको मौसम

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार, हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ।

    यस्तै, आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

    आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    देशका तराई भू–भागमा हुस्सुको प्रभाव र कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।