काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार, आज दिउँसो र राति केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहने महाशाखाले जनाएको छ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ।
कोसी, बगमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ।
राति तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ। कोसी, बगमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।