काठमाडौँ– ६ जना प्रमुख जिल्ला अधिकारी सिडिओ) र १३ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन भएको छ।
आज (शुक्रबार) गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर ६ जना प्रमुख जिल्ला अधिकारी सिडिओ) र १३ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो।
मन्त्रालयका अनुसार केही सहसचिव तथा उपसचिवलाई गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केही सिडिओलाई मन्त्रालय तथा अन्य निकायमा तानिएको छ।
