काठमाडौँ– सरकारले आज (मंगलबार) जेन जेड आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्दैछ।
आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालयमा सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले अनुगमन गर्ने भएका हुन्।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ।
कार्यालय अनुगमनका लागि सुरुमा काँग्रेस केन्द्रीय कार्यालय सानेपा पुग्ने कार्यक्रम छ। त्यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमालेको कार्यालय च्यासल, नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिसडाँडा जाने तालिका छ।
आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ।