देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यस्तो रहनेछ देशभरको मौसम - Chaitanya News
  • 2026-05-02
  • 10:08:42
  • शनिबार,बैशाख १९, २०८३
  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यस्तो रहनेछ देशभरको मौसम

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यस्तो रहनेछ देशभरको मौसम

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।

    हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ। आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ।

    यस्तै महाशाखाका अनुसार, देशका तराई भू–भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने छ।