पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-05-02
  • 10:07:31
  • शनिबार,बैशाख १९, २०८३
  • पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज देशभरको मौसम

    पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।आज बिहान पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही तराईमा हुस्सु लागेको छ।

    महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक बदली रहने छ। देशका तराई भू–भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकाले सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।