यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-05-02
  • 10:06:47
  • शनिबार,बैशाख १९, २०८३
  • यस्तो रहनेछ आज देशभरको मौसम

    यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    अन्य भू–भागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ।

    यस्तै, आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भू–भागमा आंशिक बदली रहनेछ।

    आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

    शनिबार सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।