काठमाडौँ– नायव सुब्बा वा सो सरह पदको उम्मेदवारहरूलाई कम्प्युटर सीप परीक्षणको लागि बोलाएको छ।
आज (बिहीवार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै छनोट भएका उम्मेदवारहरूलाई सीप परीक्षणका लागि बोलाएको हो।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं.१४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी), न्याय प्रशासन सेवा, न्याय सरकारी वकिल सामान्य प्रशासनरराजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको कम्प्युटर सीप परीक्षणको लागि बोलाएको आयोगले जनाएको छ।
![]()
![]()