केन्द्रीय सदस्यमा प्रदीप ज्ञवाली विजयी - Chaitanya News
  • 2026-06-23
  • 16:48:10
  • मंगलबार,आषाढ ०९, २०८३
  • केन्द्रीय सदस्यमा प्रदीप ज्ञवाली विजयी

    केन्द्रीय सदस्यमा प्रदीप ज्ञवाली विजयी

    काठमाडौँ– एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी बनेका छन्। उनले संस्थापन पक्षबाट महासचिवको टिकट नपाएपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए।

    ज्ञवालीले महासचिवमा पहिल्यैबाट दावेदारी प्रस्तुत गरे पनि संस्थापन पक्षले उनलाई उपाध्यक्षमा उठाउन चाहेको थियो। तर, उनले उपाध्यक्षमा उम्मेदवारी दिन मानेनन् र केन्द्रीय सदस्यमा मात्रै उठे। ज्ञवालीले रिक्त गरेको स्थानमा संस्थापनबाट रघुजी पन्त उम्मेदवार भएर विजयी बनेका छन्।

    खुला केन्द्रीय केन्द्रीय सदस्यमा ज्ञवालीले १९४२ मत ल्याए। उनी सर्वाधिक मत ल्याउनेमा पर्छन्।