ओली समूहले आफ्नो सूचीमा राख्यो सुहाङ नेम्वाङ र अमित लामालाई - Chaitanya News
  • 2026-05-07
  • 20:54:21
  • बिहिबार,बैशाख २४, २०८३
  • ओली समूहले आफ्नो सूचीमा राख्यो सुहाङ नेम्वाङ र अमित लामालाई

    ओली समूहले आफ्नो सूचीमा राख्यो सुहाङ नेम्वाङ र अमित लामालाई

    काठमाडौं– नेकपा एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये निवर्तमान सांसद सुहाङ नेम्वाङ र युवा नेता अमित लामाको नामलाई संस्थापन पक्ष (ओली)ले आफ्नो सूचीमा राखेको छ। यसअघि उक्त पक्षले तयार पारेको सूचीमा दुवैको नाम थिएन।

    एक एमाले नेताका अनुसार, नामहरू मिलाउने क्रममा हतार र तनावकाबीच उक्त नाम छुटेको थियो। नेम्वाङको नाम खुला केन्द्रीय सदस्यतर्फ १६३ नम्बरमा र लामाको नाम केन्द्रीय सदस्य समावेशी अन्तर्गत आदिवासी(जनजातीको ३ नम्बरमा छ।

    नेम्वाङ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा तथा कानून व्यवसायी पनि हुन्। लामा युवा संघ पृष्ठभूमिबाट पार्टी राजनीतिमा सक्रिय छन्। नेम्वाङको नाम ईश्वर पोखरेल प्यानलमा पनि रहेको छ। उनले हिजो ‘स्वतन्त्र’ उम्मेदवारी दिएको बताएका थिए।