यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-05-02
  • 12:26:43
  • शनिबार,बैशाख १९, २०८३
  • काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

    जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

    यस्तै महाशाखाका अनुसार, आज दिउसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

    आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमले जनाएको छ।