चिसो मौसममा बिहानै खाली पेटमा एक गिलास मनतातो पानी पिउनुस्, हुन्छन यस्ता फाइदा - Chaitanya News
  • 2026-05-02
  • 12:29:25
  • शनिबार,बैशाख १९, २०८३
  • चिसो मौसममा बिहानै खाली पेटमा एक गिलास मनतातो पानी पिउनुस्, हुन्छन यस्ता फाइदा

    चिसो मौसममा बिहानै खाली पेटमा एक गिलास मनतातो पानी पिउनुस्, हुन्छन यस्ता फाइदा

    काठमाडौं– स्वास्थ्यका लागि पानी पिउनु अत्यन्त जरूरी छ। यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ।

    चिसो मौसममा एकाबिहानै एक गिलास मनतातो पानी पिउँदा दिन नै राम्रो बित्छ। बिहान पानी पिएपछि एक घन्टासम्म केही नखानुस्। दिनभरिमा १० गिलास पानी पिउनुस्।

    पेट सफा:
    बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ।

    छाला चम्किलो:

    छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ। यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ।

    मोटोपन घटाउने:
    बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ। यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ।

    भोक बढाउने:
    पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ।

    रोग हटाउने:
    खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।