‘निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेका छौँ’ : उद्योग मन्त्री सिन्हा - Chaitanya News
  • 2026-10-14
  • 18:01:09
  • बुधबार,आश्विन २८, २०८३
  • ‘निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेका छौँ’ : उद्योग मन्त्री सिन्हा

    ‘निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेका छौँ’ : उद्योग मन्त्री सिन्हा

    काठमाडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेको बताएका छन्।

    आज (सोमबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्।

    उनले अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गर्ने, सरकारी नीतिगत र कार्यपद्धतिमा सुधार गर्ने गरी काम गरिरहेको जानकारी दिए।

    उनले वर्तमान सरकारले जेन जेड आन्दोलनको भावना अनुसार सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए।

    ‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गरी सरकारी नीतिगत र कार्यपद्धति दुवैमा सुधार गर्न प्रतिबद्ध मात्रै रहेका छैनौँ। त्यही दिशामा हामीले कार्यहरू अगाडि बढाएका पनि छौँ। अहिलेको सरकारले जेनजी आन्दोलनको मर्मलाई केन्द्रमा राखेर आफ्नो कार्य गरिरहेको समेत जानकारी गराउँछु,’ उनले भने।