सर्लाही– सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको एकसाता लामो स्वास्थ्य शिविरमा दुई हजार ३८३ जनाले आँखा जाँच गरेका छन्।
मंसिर २३ गते सुरु भएर शुक्रबार समापन भएको निःशुल्क शिविरमा पाँचसय दुई जनाको मोतियाविन्दुको अप्रेशन गरिएको संस्थाका प्रबन्धक रविन्द्र रानाले जानकारी दिए।
आठ दिनको अवधिमा हरिवन, लालबन्दी, बागमति, हरिपुर, बरहथवा र गोडैतामा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो।
टाढाटाढा गएर महंगो खर्चमा आँखाको उपचार गर्न नसक्ने नागरिकलाई सेवा दिने उद्देश्यले निःशुल्क आँखा जाँच र अप्रेशन शिविर सञ्चालन गरिएको संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले बताए।