गगन रविश्वप्रकाशले बोलेर मात्र नभइ अध्यादेश फिर्ता गरेर देखाउन सकुन् : गोकुल बाँस्कोटा - Chaitanya News
  • 2026-05-07
  • 02:29:12
  • बुधबार,बैशाख २३, २०८३
  • गगन रविश्वप्रकाशले बोलेर मात्र नभइ अध्यादेश फिर्ता गरेर देखाउन सकुन् : गोकुल बाँस्कोटा

    गगन रविश्वप्रकाशले बोलेर मात्र नभइ अध्यादेश फिर्ता गरेर देखाउन सकुन् : गोकुल बाँस्कोटा

    काठमाडौं– नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता गराउन कांग्रेस नेताहरूले पहल गर्नुपर्ने बताएका छन्।

    उनले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अब बोलेर मात्र नभइ गरेर देखाउनुपपर्ने बताएका हुन्।

    ‘गगन र विश्वप्रकाशले बोले, राम्रो गरे। तर उनीहरूसँग बोल्न बाँकी अझै केही छ कि गरेर देखाउन धेरै बाँकी छ? म आशा गर्छु– उनीहरू गरेर देखाउने हैसियतमा छन्। ताजा जनादेशसँगै संसद् बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकून्, शुभेच्छा,’ बाँस्कोटाले ट्विट गरेका छन्।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरीलगायतलाई माफी दिनसक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएपछि बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्।

    सरकारले अध्यादेश ल्याएलगत्तै कांग्रेस नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले विरोध जनाएका थिए।