आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-16
  • 19:54:06
  • बिहिबार,आषाढ ३२, २०८३
  • आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ– देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो भनेदेशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

    यस्तै महाशाखाका अनुसार, आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

    यसैगरी, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका उच्च(पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ।

    आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।