लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-10
  • 13:13:04
  • बुधबार,जेठ २७, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.गायक पंकज उदासको निधन कहिले भएको हो ?
    A) 2024 Feb. 26 B) 2024 March. 26
    C) 2024 Jan. 26 D) 2024 April. 26

    2. निम्न भनाईहरु विचार गर्नुहोस् ।
    क) नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदुरमुकाम हुम्लाको सिमीकोट हो ।
    ख) सप्तकोशीको सबैभन्दा ठुलो सहायक नदी अरुण हो ।
    ग) मुख्य हिमालयको उत्तर र तिब्बती सिमानाको दक्षिणमा रहेको क्षेत्रलाई सिमान्त हिमालय भनिन्छ ।
    A. सबै ठिक B. क र ग ठिक C. ख र ग ठिक D. सबै बेठिक

    3. नेपालको प्रामाणिक समय कति देशान्तरको आधारमा लिएको छ ?
    A. ८६ डिग्री ४ मिनेट B. ८६ डिग्री ८ मिनेट C. ८६ डिग्री १२ मिनेट D. ८६ डिग्री १५ मिनेट

    4. भारतलाई मात्र छुने जिल्ला कति वटा रहेका छन् ?
    A. २५ जिल्ला B. २७ जिल्ला C. २४ जिल्ला D. ३७ जिल्ला

    5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    समूह I समूह II
    a. अलौ पर्व 1. वि.सं. १९१२
    b. थापाथली सन्धि 2. वि.सं. १९८१
    c. कोत पर्व 3. वि.सं. १९०४
    d. दासत्व मोचन 4. वि.सं. १९०३
    A) a4,b3,c1,d2 B) a1,b2,c3,d4 C) a2,b1,c4,d3 D) a3,b1,c4,d2

    6.लिम्बु भाषाको पहिलो चलचित्र कुन हो ?
    A. नुफामुङ B. खाङ्ग्री C. गुरु दक्षिण D. चितभुज

    7. नेपालले WTO को सदस्यता पाउनु अघि कति प्रश्नको जवाफ दिनु परेको थियो ?
    A. ३६१ वटा B. ३६२ वटा C. २६२ वटा D. ३०० वटा

    8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    संस्था स्थापना
    बa. Good Planet Foundation 1. सन् १९९३
    b. Green peace 2. सन् १९७१
    c. Green Climate Fund 3. सन् २०१०
    d. Green cross International 4 सन् २००५
    A) a3,b4,c2,d1 B) a2,b1,c4,d3
    C) a4,b2,c3,d1 D) a4,b2,c1,d3

    9. ICIMOD मा सदस्य रहेको आसियानको एक मात्र राष्ट्र कुन हो ?
    A. फिलिपिन्स B. सिंगापुर C. ईण्डोनेसिया D. म्यानमार

    10.’Post 2015 Development Agenda’ भनि तलका मध्ये कसलाई चिनिन्छ ?
    A. सह्रसाब्दी विकासका लक्ष्य B. दिगो विकासका लक्ष्य
    C. सिमसार क्षेत्र संरक्षणका लक्ष्य D. बाघ संरक्षण लक्ष्य

    11. मानव तथा जीव समूह नामक कार्यक्रम चलाउने संस्था कुन हो ?
    A) UNEP B) UNESCOC) WWF D) IUCN

    12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    दिवस मिति
    a. विश्व अर्वुद रोग दिवस 1. सेप्टेम्बर २९
    b. विश्व क्षयरोग दिवस 2. फेब्रुअरी ४
    c. विश्व स्वास्थ्य दिवस 3. मार्च २४
    d. विश्व मुटु दिवस 4. अप्रिल ७
    A) a2,b3,c4,d1 B) a4,b3,c2,d1
    C) a2,b1,c4,d3 D) a1,b2,c3,d4

    13. नेपालले दिगो विकासको कति वटा परिणात्मक लक्ष्य राखेको छ ?
    A. १७९ वटा B. १७० वटा C. १६९ वटा D. २६९ वटा

    14. १६ औ योजनाले मुख्य प्राथमिकतामा राखेको दुई विषय कुन कुन हुन् ?
    A. सुशासन र सबल लोकतन्त्र B. स्वस्थ र सन्तुलित पर्यावरण
    C. राष्ट्रिय एकता, सुरक्षा र सम्मान D. डिजिटल डाटाबेस र ई – गभर्नेन्स

    15. देहायका मध्ये कुन भनाई गलत छ ?
    A. डाईनोसरको उत्पति, विकास र विनास नवजीव महाकल्पमा भएको हो ।
    B. क्षयरोग र कुष्ठरोग दुवैमा प्रयोग हुने औषधी Rifampicin हो ।
    C. नेपालमा संस्थागत रुपमा निःशुल्क प्रस्तुति सेवा सुरु सन् २००९ जनवरी १४ देखि भएको हो ।
    D. एक दिनमा वयस्क व्यक्तिलाई १५० ग्राम आयोडिन चाहिन्छ ।

    16. तलका उल्लेखित जोडा विचार गर्नुहोस् ।
    1. मेसिन गन – अमेरिका 2. टेलिफोन -अलेक्जेण्डर ग्राहम बेल
    3. साईकल – स्कटल्याण्ड 4. ब्यारोमिटर – फ्रान्स
    माथि उल्लेखित कुन जोडा गलत छ ?
    A) 1 मात्र B) 2 मात्र C) 3 मात्र D) 4 मात्र

    17. कुन जोडा मिल्दैन् ।
    A. सामाजिक सुरक्षाको हक- धारा ४४ B. दलितको हक – धारा ४०
    C. खाद्य सम्बन्धि हक – धारा ३६ D. आवासको हक – धारा ३७

    18. सरकार प्रमुख र प्रदेश सभामा पेश भएको संविधान संशोधन वा ऐनको मस्यौदालाई के भनिन्छ ?
    A. विधेयक B. ऐन, C. कानून D. माथिका सबै

    19. तलका भनाई विचार गर्नुहोस् ।
    i. संघको सबैभन्दा पछिल्लो सदस्य राष्ट्र दक्षिण सुडान (१९३) हो ।
    ii. SAFTA मा नेपालको तर्फबाट डा. भेष बहादुर थापा ले हस्ताक्षर गरेका थिए ।
    iii.सार्कले पहिलो पटक सम्बन्ध कायम गरेको अन्तर्राष्ट्रिय संगठन UNCTAD  हो ।
    A) i र ii मात्र ठिक B) ii र iii मात्र ठिक C) i र iii मात्र ठिक D) i,ii र iii सबै ठिक

    20. UEFA युरोपेली च्याम्पियन लिग २०२४ को उपाधि कसले जितेको थियो ?
    A) Manchester City B) Inter Milan C) Real Madrid D) Barcelona

    उत्तरः
    1. A 11. B
    2. A 12. A
    3. D 13. C
    4. A 14. D
    5. D 15. A
    6. A 16. D
    7. B 17. A
    8. C 18. A
    9. D 19. D
    10. A 20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100