जसपाको समानुपातिक सांसदमा ५ जनाको नाम,कसको कसको नाम पर्‍यो त? - Chaitanya News
  • 2026-05-07
  • 00:44:40
  • बुधबार,बैशाख २३, २०८३
  • जसपाको समानुपातिक सांसदमा ५ जनाको नाम,कसको कसको नाम पर्‍यो त?

    जसपाको समानुपातिक सांसदमा ५ जनाको नाम,कसको कसको नाम पर्‍यो त?

    काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फ ५ जनाको नाम बुझाएको छ।

    शनिवार बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको हो।जसपाबाट प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान समानुपातिकमा परेका छन्।

    जसपासहित राष्ट्रिय दल बनेका सात पार्टीले शनिवार समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएका थिए।

    दलहरूले बुझाएको समानुपातिक सांसदहरूको सूची सच्याउन आयोगले दुई दिनको समय दिएको छ।