उपप्रमुख र वडासदस्यको महमतिमा वडाध्यक्ष धनबहादुर पुलामीको कार्यकक्षमा लगाएको ताला तोडियो - Chaitanya News
  • 2026-05-07
  • 00:44:40
  • बुधबार,बैशाख २३, २०८३
  • उपप्रमुख र वडासदस्यको महमतिमा वडाध्यक्ष धनबहादुर पुलामीको कार्यकक्षमा लगाएको ताला तोडियो

    उपप्रमुख र वडासदस्यको महमतिमा वडाध्यक्ष धनबहादुर पुलामीको कार्यकक्षमा लगाएको ताला तोडियो

    तनहुँ– शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर पुलामीको कार्यकक्षमा लागेको ताला खोलिएको छ।

    नगरपालिकाका उपप्रमुख खुमबहादुर विक, प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साल, इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामनारायण अर्याल, वडाअध्यक्ष पुलामी र वडासदस्यहरूको उपस्थितिमा ताला तोडिएको हो।

    वडासदस्य दिपक महतले वडाध्यक्षले एकलौटी निर्णय गरेको आरोप लगाउँदै वडाध्यक्षको कार्यकक्षमा ताला लगाएका थिए। उपप्रमुख खुमबहादुर विक र वडासदस्य महतबीच टेलिफोन संवादपछि ताला खोलिएको हो। महतले राखेका असमति र असन्तुष्टिको समाधान छलफलबाट खोज्ने सहमति गरी ताला खोलिएको नगर उपप्रमुख विकले बताए। काम गर्दै जादाँका असमतिलाई छलफलबाट समाधान खोज्नपर्ने विकले बताए।

    महतले भने आफूसँग कुनै सहमति नभएको बताएका छन् । उनले भोलि पनि मूल गेटमै ताला लगाउने चेतावनी दिएका छन्।