सरकारद्धारा तीन सचिवको पदस्थापन, एक दर्जनभन्दा बढीको सरुवा - Chaitanya News
  • 2026-05-24
  • 10:23:34
  • आइतबार,जेठ १०, २०८३
  • सरकारद्धारा तीन सचिवको पदस्थापन, एक दर्जनभन्दा बढीको सरुवा

    सरकारद्धारा तीन सचिवको पदस्थापन, एक दर्जनभन्दा बढीको सरुवा

    काठमाडौँ– सरकारले तीन विशिष्ट श्रेणीका सचिवको पदस्थापन गरेको छ भने, एक दर्जन बढी सचिवको सरुवा गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले तीन विशिष्ट श्रेणीका सचिवको पदस्थापन र एक दर्जन बढी सचिवको सरुवा गरेको हो ।

    सचिव शोभाकान्त पौडेललाई गण्डकी प्रदेशको प्रमुख सचिव र भूपाल बराललाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ भने प्राविधिकतर्फ बढुवा भएका दिनानाथ मिश्रलाई रिक्त जल तथा ऊर्जा आयोगको सचिवालयमै खटाइएको छ।

    स्रोतका अनुसारु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। शिक्षा क्षेत्रका विज्ञ मानिने पौडेललाई शिक्षामा खटाइएसँगै त्यहाँका सचिव डा. दीपक काफ्लेलाई राष्ट्रपति कार्यालय पठाइएको छ।

    राष्ट्रपति कार्यालयका सचिव डा। रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य) मा सरुवा गरिएको छ भने त्यहाँका सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ।

    यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (प्रशासनतर्फ)का सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ।

    यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ। आयोगका विज्ञ मानिने शर्माले प्रवक्ता रहँदा आयोगको कामकारबाही तथा स्तर वृद्धिमा उल्लेख्य योगदान दिएका थिए।

    त्यस्तै बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थ र लोक सेवा आयोगका सचिव डिल्लीराम शर्माको सरुवा स्थान निश्चित भएको छैन। स्वास्थ्य मन्त्रालयमा कसलाई पठाउने भन्ने पनि टुङ्गो लागिसकेको छैन।