सामान्य प्रशासन मन्त्रालयले दियो अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी, तीन जना जगेडामा (सुचीसहित) - Chaitanya News
  • 2026-05-24
  • 10:23:31
  • आइतबार,जेठ १०, २०८३
  • सामान्य प्रशासन मन्त्रालयले दियो अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी, तीन जना जगेडामा (सुचीसहित)

    सामान्य प्रशासन मन्त्रालयले दियो अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी, तीन जना जगेडामा (सुचीसहित)

    काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा अतिरिक्त समूह (जगेडा)मा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिएको छ । शुक्रबार सचिवस्तरीय निर्णयबाट जगेडामा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

    त्यस्तै मन्त्रालयले जिम्मेवारीमा रहेका तीन उपसचिवलाई जगेडामा तानेको छ।

    मन्त्रालयले जिल्ला समन्वय समिति झापाका जिल्ला समन्वय अधिकारी अकबर प्रधान, कटारी नगरपालिका, उदयपुरका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, र जिल्ला समन्वय समिति स्याङ्जाका जिल्ला समन्वय अधिकारी रुकु शर्मा पौडेललाई मन्त्रालयमा तानेर जगेडामा थन्क्याएको छ।