काठमाडौँ– सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक र सरकारी निकायमा नियुक्तिका लागि निजामती कर्मचारीका लागि कुलीन पिरियड आवश्यक रहेको बताएका छन्।प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसो गर्दा सरकारको हात बाँध्न पनि नहुने बताएका हुन् ।
नेकपा माओवादी केन्द्र लगायत कतिपयले कुलीन पिरियड दुई वर्ष राख्नुपर्ने मत राखिरहेका बेला एमाले सांसद पन्तले एक वर्ष मात्रै कुलिन पिरियड राख्दा उपयुक्त हुने बताए।
‘कुलिन पिरियड आवश्यक छ। तर, सरकारको हात पनि नबाधौं र अगाडि बढौं’, उनले भने।