निजामती विधेयकमाथि मूल संसदीय समितिमा तीव्र छलफल सुरु - Chaitanya News
  • 2026-07-09
  • 03:26:37
  • बुधबार,आषाढ २४, २०८३
  • निजामती विधेयकमाथि मूल संसदीय समितिमा तीव्र छलफल सुरु

    निजामती विधेयकमाथि मूल संसदीय समितिमा तीव्र छलफल सुरु

    काठमाडौँ– उपसमितिको प्रतिवेदन प्राप्त भएसँगै निजामती विधेयकमाथि मूल संसदीय समितिमा तीव्र छलफल सुरु भएको छ।

    नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले चैत २० गते प्रतिवेदन बुझाएको थियो। १७ दिनपछि मूल समितिले छलफललाई गति दिएको हो।

    प्रतिवेदनमाथि ढिलाइ भएको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएपछि समितिले छलफललाई प्राथमिकता दिएको हो। यही क्रममा बाहिर निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले धर्ना दिइरहेका छन्।