एनएसएलमा आज ललितपुर सिटी र झापा एफसी भिड्दै - Chaitanya News
  • 2026-06-06
  • 01:06:10
  • शुक्रबार,जेठ २२, २०८३
  • एनएसएलमा आज ललितपुर सिटी र झापा एफसी भिड्दै

    एनएसएलमा आज ललितपुर सिटी र झापा एफसी भिड्दै

    काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज ललितपुर सिटी एफसी र झापा एफसी भिड्नेभएको छ ।
    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ।

    दवै टिमको यो अन्तिम लिग खेल हो। तर, दुवैको अवस्था फरक छ। ५ खेलबाट ११ अंकसहित ललितपुर दोस्रो स्थानमा छ। झापाको ५ खेलबाट ४ अंक मात्र छ र छैटौं स्थानमा छ।

    साविक विजेता ललितपुरले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने पक्का भइसकेको छ।

    अर्कोतर्फ झापा एफसी भने प्लेअफ होडबाट बाहिरिसकेको छ। मंगलबार पोखरा थण्डर्सले बुटवल लुम्बिनीलाई हराएपछि झापा अन्तिम लिग खेल्नुअघि नै बाहिरिएको हो। झापाको अब सान्त्वना जितसहित लिग टुङ्गाउने योजनामा छ।