काठमाडौं– भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज (आइतबार) पनि दुई खेल हुने भएको छ। पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ। खेल जयपुरस्थिर सवाइ मानसिंह स्टेडियममा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।
राजस्थान ५ खेलमा २ जित मात्र निकालेर अंकतालिकामा सातौं स्थानमा छ भने ५ खेलमा ३ जित निकालको बेंगलरु पाँचौं स्थानमा छ।
त्यस्तै बेलुका हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदै छन्। खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ।
दिल्ली हालसम्म ४ खेल खेल्दा अपराजित छ र अंकसहित अंकितालिकामा शीर्ष स्थानमा छ । मुम्बई भने ५ खेलमा १ जित मात्र निकालेर अंकतालिकामा नवौं स्थानमा छ ।