राजावादी र प्रतिगामीलाई सडकमै पछार्नुपर्छ : अर्थमन्त्री पौडेल - Chaitanya News
  • 2026-11-19
  • 18:17:26
  • बिहिबार,मंसिर ०४, २०८३
  • राजावादी र प्रतिगामीलाई सडकमै पछार्नुपर्छ : अर्थमन्त्री पौडेल

    राजावादी र प्रतिगामीलाई सडकमै पछार्नुपर्छ : अर्थमन्त्री पौडेल

    काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन्।

    आज (शुक्रबार) बुटवलमा नेकपा एमालेले गरेको जनजागरण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा समेत राखे।

    दरबारिया र राजतन्त्रका मतियारलाई कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ,’ उनले भने, ‘प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन, राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने हो।

    प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिगामी र दक्षिणपन्थीहरूले लगातार प्रहार गरिरहेको भन्दै पौडेलले उनीहरूको प्रयास सफल नहुने दाबी गरेका छन्।

    पौडेल नयाँ दलहरूसँग पनि असन्तुष्ट सुनिए। नयाँ दलहरूसँग कुनै विचार, सिद्धान्त, दृष्टिकोण र गन्तव्य नभएको आरोप लगाउँदै उनले लोकप्रियतावादी र अवसरवादी मात्रै भएको टिप्पणी गरे।

    प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको बताउँदै अर्थमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दाबी पनि गरेका छन्।