वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-11-19
  • 18:29:30
  • बिहिबार,मंसिर ०४, २०८३
  • वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ? हेर्नुहोस् सूची

    वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ? हेर्नुहोस् सूची

    काठमाडौँ– हिजो (बुधबार) साँझदेखि परेको वर्षाका कारण देशका विभिन्न राजमार्गमा बाढी र पहिरो गएको छ। पहिरोका कारण केही स्थानमा सडक पूर्णरुपमा बन्द भएको छ भने केही स्थानमा एकतर्फी रूपमा यातायात आवागमन सुरु गरिएको छ।

    नेपाल प्रहरीले जारी गरेको बिहान ८ बजेसम्मको अपडेट अनुसार विभिन्न ९ स्थानका राजमार्गमा पहिरो गएको छ। जसमध्ये ३ स्थानमा बाटो पूर्णरुपमा अवरोध छ भने ५ स्थानमा एकतर्फी सञ्चालनमा आएको छ। एक स्थानमा भने पहिलो पन्छाएर बाटो पूर्ण रूपमा सुरु भइसकेको छ।

    प्रहरीका अनुसार रुकुम पश्चिमको राप्ती राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरोध छ। त्यस्तै, कालिकोटको सुर्खेत–हुम्ला सडक र सल्यानको जाजरकोट सडक पहिलोका कारण पूर्णरुपमा अवरोध छ।