काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्।
उनले करियरमा सबैभन्दा धेरै इनिङ बिना डक (शुन्यमा आउट नहुनु) खेल्दै उक्त कीर्तिमान बनाएका हुन्। दिपेन्द्र ६६ खेलमा डकआउट भएका छैनन्।
बिहीबार भएको कुवेतसँगको खेलमा उनले १२ बलमा ३१ रन बनाउँदै नेपालको जितको आधार तय गरेका थिए।
उनीभन्दा पछाडि वेस्ट इन्डिजका मार्लन सामुयल्स छन् जसले ६५ खेलमा डकआउट नभएर कीर्तिमान बनाएका छन्।
दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन् जुन् तोडिँदैन केवल बराबरी मात्र हुन सक्छ।
त्यस्तै एकै ओभरको ६ बलमा ६ छक्का हान्ने कम खेलाडीमध्येका एक उनी पनि हुन्।