आजको मौसम: कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना - Chaitanya News
  • 2026-07-17
  • 00:48:01
  • बिहिबार,आषाढ ३२, २०८३
  • आजको मौसम: कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना

    आजको मौसम: कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा बदली भएको छ।

    गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघगर्जनरचट्यांगसहित हल्का वर्षा भइरहेको छ।

    यस्तै महाशाखाका अनुसार, आज कोशी र गण्डकीका पहाडी भू–भागका एक(दुई स्थानमा आगामी २४ घण्टामा मेघगर्जनरचट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना पनि रहेको छ।

    देशका अधिकांश भू(भागहरूमा तापक्रम बढ्दै जाने सम्भावना रहेको, वर्षाको सम्भावना कम रहेको छ। जसका कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरिएको छ।