तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय - Chaitanya News
  • 2026-11-19
  • 19:07:09
  • बिहिबार,मंसिर ०४, २०८३
  • तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय

    तीनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय

    काठमाडौँ– गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ।

    गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार आज (बुधबार) बसेको मन्त्रीस्तरीय बैठकले सो राहत दिने निर्णय गरेको हो।

    उनका अनुसार गृह मन्त्रालयले सो निर्णय र प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने जानकारी दिए।