यस्तो रहनेछ आजमो मौसम - Chaitanya News
  • 2026-05-03
  • 16:12:18
  • आइतबार,बैशाख २०, २०८३
  • काठमाडौँ– आज (मंगलवार) पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसअनुसार बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ।

    महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति भने बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।