यस्तो रहने छ आजको मौसम - Chaitanya News
  • 2026-07-17
  • 00:47:04
  • बिहिबार,आषाढ ३२, २०८३
  • काठमाडौँ– आज पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ।

    विभागले बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। विभागका अनुसार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय अपनाउन विभागको आग्रह छ।