१२ औँ तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग - Chaitanya News
  • 2026-05-23
  • 23:42:52
  • शनिबार,जेठ ०९, २०८३
  • १२ औँ तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग

    १२ औँ तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२ औँ तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग गरिएको छ। आज (बुधबार)) बढुवा समितिको सचिवालयले एक सूचना जारी गर्दै १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता गर्न भनेको छ।

    बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरूलाई बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ।

    ‘नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौँ तहको अतिरिक्त स्वास्थ्य सचिव रिक्त पद संख्या २ (दुई) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्नुपर्ने भएको हुँदा २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पुरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरूले आवेदन दिन सक्नेछन्,’ सूचनामा भनिएको छ।