चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय - Chaitanya News
  • 2026-11-19
  • 20:19:42
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय

    चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौँ– सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।

    त्यस्तै बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ।