काठमाडौँ– आज (बुधबार) देशमा पश्चिमी वायूको साथै स्थानीय वायूकोसमेत आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको ।
विभागका अनुसार, अहिले देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनर चट्याङसहित हल्का वर्षा भएको छ।
उच्च पहाडी र हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।