काठमाडौं– गृहमन्त्री रमेश लेखकले ९० वर्ष भन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने जानकारी दिएका छन् ।
आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो व्यवस्था मिलाइएको जानकारी दिएका हुन्।
बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असाहाय अथवा ९० वर्ष भन्दा माथिको हकमा राष्ट्रिय परिचयपत्र नभएता पनि सेवा लिन वाधा नपर्ने व्यवस्था मिलाइएको हो ।