भूकम्प पीडितलाई राहत र पुनःनिमार्ण कार्यालयको उद्घाटन गर्न गृहमन्त्री चार जिल्ला जाँदै - Chaitanya News
  • 2026-11-19
  • 21:18:29
  • बिहिबार,मंसिर ०४, २०८३
  • भूकम्प पीडितलाई राहत र पुनःनिमार्ण कार्यालयको उद्घाटन गर्न गृहमन्त्री चार जिल्ला जाँदै

    भूकम्प पीडितलाई राहत र पुनःनिमार्ण कार्यालयको उद्घाटन गर्न गृहमन्त्री चार जिल्ला जाँदै

    काठमाडौँ– भूकम्प पीडितलाई राहत र पुनःनिमार्ण कार्यालयको उद्घाटन गर्न गृहमन्त्री रमेश लेखक चार जिल्ला जाने भएका छन् ।

    गृहमन्त्री लेखक पुन निर्माण तथा पुनः स्थापना आयोजना कार्यान्वयन सम्पर्क कार्यालयको उद्घाटनका लागि डडेलधुरा, जाजरकोट, अछाम र बझाङ जाँदै छन्। गृहमन्त्री ती जिल्ला यही फागुन २३, २४ र २५ गते जान लागेको हुन्।

    उनी भूकम्प पीडितलाई राहत वितरण गर्न २३ गते डडेल्धुरमा जादैछन् भने, २४ गते बझाङ र अछाम २५ गते जाजरकोट पुगेर कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

    पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनः निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाएको छ।