सांसद मनिष झाले भने: अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ - Chaitanya News
  • 2026-11-19
  • 21:28:10
  • बिहिबार,मंसिर ०४, २०८३
  • सांसद मनिष झाले भने: अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ

    सांसद मनिष झाले भने: अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् । आज ( बुधबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बोल्दैउदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाश प्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

    यस्तै सिमेन्ट उद्योगमा आफ्नो जीवनको ३५ वर्ष दिएकाहरूले अब के दिन बाँकी छ यो सरकारलाई, अनि उनीहरूले पैसा पाउँछन् ”, उनले प्रश्न गरे।

    सांसद झाले राजनीतिक नियुक्तिले सार्वजनिक संस्थानहरू प्रभाव भएको बताए। उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हतोत्साहित गरेको आरोप लगाए।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले आन्दोलनरत वन उपभोक्ता महासङ्घको माग सम्बोधनका लागि ध्यानाकर्षण गराए।

    उनले वन पैदावरको प्रयोग सही ढङ्गले गर्न सक्दा आयातलाई घटाएर निर्यात गर्ने क्षमता देशसँग भएको प्रसङग उल्लेख गर्दै आन्दोलनलाई वार्तामार्फत निकास दिन आग्रह गरे।