राष्ट्रिय आविष्कार केन्द्रले गर्‍यो संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरण मर्मत - Chaitanya News
  • 2026-05-03
  • 17:28:06
  • आइतबार,बैशाख २०, २०८३
  • राष्ट्रिय आविष्कार केन्द्रले गर्‍यो संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरण मर्मत

    राष्ट्रिय आविष्कार केन्द्रले गर्‍यो संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरण मर्मत

    काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेका ठूला अस्पतालहरूमा बिग्रिएका ५०० उपकरणको मर्मत को छ। १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत गर्ने राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गत भदौ १८ गते १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए।

    सम्झौतापछि हालसम्म १० वटा संघीय अस्पतालमा ५०० उपकरणको मर्मत भएको हो।

    ६६१ वटा उपकरणको मूल्यांकन गरिएकामा ५०० को मर्मत सम्पन्न भएको केन्द्रले जनाएको छ। केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको हो।

    बजार मूल्य २४ करोड ३० लाख लाग्ने उपकरण मर्मत गरिएको केन्द्रको भनाइ छ।

    सरकारको निकै न्यून खर्चमा ती उपकरणको मर्मत भएको केन्द्रको दाबी छ। बाँकी अस्पतालबाट पनि आग्रह आएमा उपकरण मर्मत गर्न हामी तयार रहेको केन्द्रले बताएको छ।