प्रधानसेनापति सिग्देलले गरे उपरथी जिसीलाई दर्ज्यानी चिह्न प्रदान - Chaitanya News
  • 2026-11-19
  • 21:33:40
  • बिहिबार,मंसिर ०४, २०८३
  • प्रधानसेनापति सिग्देलले गरे उपरथी जिसीलाई दर्ज्यानी चिह्न प्रदान

    प्रधानसेनापति सिग्देलले गरे उपरथी जिसीलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

    आज (सोमबार) सैनिक मुख्यालय जंगीअड्डामा आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरेका हुन् ।

    सरकारले उनलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन्।

    सोही अवसरमा महासेनानीमा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा।कुन्दविक्रम शाहलाई पनि दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ।