कञ्चनपुरमा बुवाको शव जलाएर फर्किदा छोरीको मृत्यु - Chaitanya News
  • 2026-05-03
  • 20:26:48
  • आइतबार,बैशाख २०, २०८३
  • कञ्चनपुरमा बुवाको शव जलाएर फर्किदा छोरीको मृत्यु

    कञ्चनपुरमा बुवाको शव जलाएर फर्किदा छोरीको मृत्यु

    कञ्चनपुर- कञ्चनपुरमा बुवाको शव जलाएर फर्किदा छोरीको पनी मृत्यु भएको छ ।

    दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिल स्थायी घर भई त्रिवेणी भन्सार कार्यालय नवलपरासीमा कार्यरत कार्यालय सहयोगी मोहन बोहराको हृद्धयघातका कारण गत फागुन १३ गते र उनकै छोरी निर्मला बोहराको फागुन १५ गते (हिजो) कञ्चनपुरमा सवारी दुर्घटनामा परेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

    दुबै बुवा,छोरीको कञ्चनपुरमा (हिजो) एकै चिहानमा अन्तेष्टी गरिएको मृत्तक आफन्तले जानकारी दिएका छन्। । मृतक निर्मला र उनका भाई पढाइको सिलसिलामा महेन्द्रनगरमा भाडाको घरमा बस्दै आएका थिए ।

    बुबाको दिंवगत अनुहार हेरेर फर्किदै गरेकी छोरीलाइ पनी दैवले खोसेपछी सिंगो दार्चुला सहित निसिल गाउँ अहिले शोकमग्न बनेको छ ।