काठमाडौँ– देशका आठ स्थानका वायु सबैभन्दा बढी प्रदूषित भएको छ । वातावरण विभागको शुक्रवार अपरान्ह ११ः ५५ बजेको रेकर्डअनुसार काठमाडौँ उपत्यकाका चार सहित देशका चार स्थानको वायु अस्वस्थ कर पुष्टि भएको हो।
विभागको रिपार्ट अनुसार उपत्यकाका शंखपार्क, खुमलटार, भैँसेपाटी, भक्तपुरसहित काभ्रेको धुलिखेल, चितवनको भरतपुर, मकवानपुरको हेटौँडा र इलामको वायु अस्वस्थकरको सूचीमा छ। यी स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई( ११३ देखि १९८ पुगेको छ।
उपत्यकाको शंखपार्कको एक्यूआई १९०, खुमलटारको एक्यूआई १८६, भैँसेपाटीको एक्यूआई १९८ र भक्तपुरको एक्यूआई १७५ रहेको छ। यस्तै काभ्रेको धुलिखेल एक्यूआई १५३, चितवनको भरतपुर एक्यूआई १७६, मकवानपुरको हेटौँडा एक्यूआई ११३ र इलामको एक्यूआई १२६ रहेको विभागको तथ्याङ्क छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ। एक्यूआई १०१ देखि १५० ‘अस्वस्थकर’ हुन्छ। यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्यो भन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ।