काठमाडौँ– नेपाल विश्वकै प्रदूषित सहरको १ नम्बर सूचीमा परेको छ। विश्वभरको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपालको वायु गुणस्तर अत्यन्तै अस्वस्थकर देखाइएको छ। जसअनुसार वायु गुणस्तर २१४ एक्युआई छ।
आईक्यूएयरको सूचीमा २०० एक्युआई भन्दा माथिको प्रदुषणलाई अत्यन्त अस्वस्थकर राखिन्छ। जुन सूचीमा नेपालमात्रै रहेको छ।
यसैगरी दोस्रो नम्बरमा भियतनामको होनाइ, तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथो नम्बरमा बंगलादेशको ढाका, पाँचौ नम्बरमा सेनेगलको डाकर रहेको आईक्यूएयरले जनाएको छ।