१) तलका कथन विचार गरी सही कोड छनौट गर्नुहोस् ।
a. राष्ट्रिय प्रकृति संरक्षण कोष भूमिसुधार मन्त्रालय अन्तर्गत पर्दछ ।
b. राष्ट्रिय प्रकृति संरक्षण ऐन वि.सं. २०४१ सालमा ल्याइएको हो ।
A) a सही b गलत B) a गलत b सही C) a र b दुवै सही D) a र b दुवै गलत
२) नेपालमा रू. १००० को नोट ……. सालमा प्रकाशित भयो । सो नोटमा हस्ताक्षर गर्ने ……… थिए ।
A) २००९ नरेन्द्र पाण्डे B) २०२६ हिमालय शमशेर जबरा
C) २००९, भरतराज पाण्डे D) २०२६, यादवप्रसाद पन्त
३) कुन जोडा सही छन्/छ ?
a. जिउदो शहिद – किर्तिनिधि विष्ट b. दोस्रो गौतम बुद्ध – जय पृथ्वी बहादुर सिंह
c. नेपालका चाणक्य – सूर्य प्रसाद उपाध्याय d. कलाबहादुर– फत्तेजंग शाह चौतारिया
A) a र b मात्र B) b र c मात्र C) c र d मात्र D) सबै सही
४) जोडा मिलाउनुहोस् ।
क. सोहराय i. राई
ख. कात्तिके चाड ii. थारू
ग. सिरुवा iii. सतार
घ. गोपाष्टमी iv. राजवंशी
A) क–i, ख-ii ., ग-iii, घ-iv B) क-iii, ख-ii, ग-iv, घ-i
C) क-iii, ख-i, ग-iv, घ-ii D) क-i , ख-ii , ग-iv, घ-iii
५) उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८ ले दिएको सुझाव सम्बन्धमा तलका कुन भनाई सहि छ/छैन ?
A) क्षेत्रीय कार्यालयहरुको आकार सानो बनाउने B) १४ अञ्चल र ७५ जिल्लालाई पुनरावलोकन गर्ने
C) A र B दुबै सही D) A र B दुबै गलत
६) कुन जोडा गलत छ ?
A) गोरखा भाषा प्रकाशित – वि.सं. १९६९ B) राजपत्रको प्रकाशन – वि.सं. २००८
C) महाकाली सन्धी – वि.सं. २०५३ D) राहदानी वितरण – वि.सं. २००९
७) तलका कथन विचार गरी सही कोड छनौट गर्नुहोस् ।
a. बेलुनमा हाइड्रोजन ग्यास भरिन्छ ।
b. आगो निभाउन कार्बन मोनोअक्साईड ग्याँस प्रयोग गरिन्छ ।
c. कुनै अम्लमा हाइड्रोजन आयोन पाइन्छ ।
d. नाइटस अक्साईडलाई लाफिङ ग्यास पनि भनिन्छ ।
A) a, b, c, d सबै सही B) a, c, d सही, b गलत
C) b, c गलत, a, d सही D) a, b, गलत c, d सही
८) स्थापनाको आधारमा संस्थाको क्रम कुन सही छ ?
A) IBRD, IFC, IDA, ICSID, MIGA B) IFC, IDA, IBRD, ISCID, MIGA
C) IDA, IBRD, MIGA, ISCID, IFC D) MIGA, IFC, IBRD, IDA, ICSID
९) सही कोड छान्नुहोस् ।
a. विश्व शान्ति दिवश Sep 21 मा माइन्छ ।
b. सन् २०२० को शान्ति दिवसको नारा “Shaping Peace Together” हो ।
A) a सही b गलत B) दुवै सही C) b सही a गलत D) दुवै गलत
१०) “Time Magazine” ले २० औं शताब्दिको शताब्दि पुरूष कसलाई मानेको छ ?
A) नेल्सन मण्डेला B) महात्मा गान्धी C) अल्वर्ट आइन्सटाईन D) दलाई लामा
११) विश्वमै सर्वप्रथम पेटेन्ट दर्ता गर्ने व्यक्ति को थिए ?
A) सामुएल टिक्स B) हेनरी बेकुरेल C) हर्मन पर्किन्स D) लुई डेगुरे
१२) भुटानको कथनबारे अध्ययन गरी गलत कथन छनौट गर्नुहोस् ।
A) भुटानको मुद्रा नेगुल्ट्रम हो । B) भुटानको अन्तराष्ट्रिय विमानस्थल पारो हो ।
C) भुटानको सरकारी वायु सेवा ड्रक एयर हो । D) भुटान विभिन्न ३ देशले घेरिएको भूपरिवेष्ठित राष्ट्र हो ।
१३) जैविक प्रविधि शब्दको प्रथम प्रयोगकर्ता को हुन् र उनी कुन देशका हुन् ?
A) हेक्टर लास्कुरेन, मेक्सिको B) कार्ल अर्ली, हंगेरी
C) कार्ल अर्ली, मेक्सिका D) हेक्टर लास्कुरेन, हंगेरी
१४) संगठन र प्रधान कार्यालयको जोडा कुन सही छन्/छ ?
a. NATO–ब्रसेल्स b. INTERPOL–लियोन c. NAM–इण्डोनेशिया d. OPEC–दुबई
A) a, b, c, d सही B) a, सही b, c, d गलत
C) a, b सही c, d गलत D) a, b, c सही म गलत
१५) साहित्यकार डा. वानीरा गिरिको निधन कहिले भएको हो ?
A) वि.सं. २०७८ जेठ ९ B) वि.सं. २०७८ जेठ ११
C) वि.सं. २०७८ जेठ १९ D) वि.सं. २०७८ जेठ २२
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100